गंगादेवी श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) · राष्ट्रिय सूची

गंगादेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन आदिवासी जनजाति, महिला समूहबाट भएको हो। धादिङको नीलकण्ठ–७ की गंगादेवी श्रेष्ठको जीवन कथा एउटा सामान्य परिवारकी महिलाले कसरी दृढ इच्छाशक्ति र धैर्यताका साथ राज्यको सर्वोच्च अंग 'संसद्' सम्मको यात्रा तय गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण हो। मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी श्रेष्ठले करिब साढे तीन दशक लामो राजनीतिक संघर्षपछि हाल प्रतिनिधि सभा सदस्य (सांसद) को जिम्मेवारी सम्हालेकी छिन्। २०४६ सालको जनआन्दोलनबाट प्रेरित भएकी उनले २०४७ सालमा विद्यार्थी राजनीति (अनेरास्ववियु) बाट आफ्नो यात्रा सुरु गरेकी थिइन्। एमालेको वडा कमिटी, गाउँ कमिटी हुँदै जिल्ला कमिटीको महत्वपूर्ण जिम्मेवारी सम्हालेकी उनले समाजमा व्याप्त विभेद र पछौटेपन विरुद्ध आवाज उठाउँदै आफूलाई एक स्थापित नेताका रूपमा उभ्याइन्।
अन्य नाम: गणेश बहादुर श्रेष्ठ
सिट विवरण
- दल
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- आदिवासी जनजाति, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२