प्रा. डा. पुष्पराज कडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) · राष्ट्रिय सूची

प्रा. डा. पुष्पराज कडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, पुरुष समूहबाट भएको हो। पुष्पराज कँडेलको जन्म २०१२ सालमा धादिङमा भएको हो । उनको बाल्यकाल निकै भिन्न रह्यो, जहाँ उनले १४ वर्षको उमेरसम्म कुनै औपचारिक विद्यालय नपढी हजुरबुबासँग कर्मकाण्ड, रुद्री र चण्डी सिकेका थिए । ढिला गरी विद्यालय जान सुरु गरे पनि उनले २०२६ सालमा एकै पटक सात कक्षामा भर्ना भएर आफ्नो अध्ययनलाई अगाडि बढाए । आर्थिक अभावका बाबजुद उनले मिहिनेतका साथ अध्ययन गरे र २०३० सालमा एसएलसीमा जिल्ला प्रथम भए । विज्ञान पढ्ने इच्छा भए तापनि गणितको प्राविधिक कारणले उनले वाणिज्य संकाय रोज्नुपर्यो, जसले पछि उनलाई अर्थशास्त्र र कर प्रणालीको विशेषज्ञ बनायो ।
अन्य नाम: पुष्पराज कडेल
सिट विवरण
- दल
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, पुरुष
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- पुरुष
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२