टुका भद्रा हमाल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) · राष्ट्रिय सूची

टुका भद्रा हमाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, महिला समूहबाट भएको हो। नेकपा (एमाले) की नेत्री टुकाभद्र हमालको जन्म २२ भदौ २०१९ मा लमजुङको दोर्दी गाउँपालिका–३, श्रीमञ्ज्याङमा भएको हो। साधारण कृषक परिवारमा जन्मिएकी उनले विद्यालय तहको शिक्षा लमजुङ र चितवनबाट पूरा गरिन्। २०३७ सालमा चितवनबाट एसएलसी उत्तीर्ण गरेकी हमालले २०३६ सालमा अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष बनेर आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु गरेकी थिइन्। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनी लामो समय भूमिगत भइन् र २०३८ सालमा तत्कालीन नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गरिन्।
अन्य नाम: टुकाभद्रा हमाल
सिट विवरण
- दल
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२