रिंगला यादव
नेपाल कम्युनिष्ट पार्टी (एमाले) · राष्ट्रिय सूची

रिंगला यादव नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन मधेसी, महिला समूहबाट भएको हो। ४० वर्षीया रिगला यादव नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–६ सनही निवासी एक जुझारु मधेशी महिला नेतृ हुन्। नेकपा (एमाले) को समानुपातिक सूचीबाट सांसद चुनिएकी उनी विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिइन्। वि.सं. २०६२ मा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेकी यादवले पाल्ही बहुमुखी क्याम्पसको स्ववियु उपाध्यक्षको चुनाव समेत लडेकी थिइन्। स्पष्ट वक्ता र निडर स्वभावकी उनी एमालेको जिल्ला कमिटी सदस्य हुँदै हाल जिल्ला उपसचिव र महिला फाँटको जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालिरहेकी छन्। उनले यसअघि संविधानसभा सदस्य र गाउँपालिका उपाध्यक्षको निर्वाचनमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।
अन्य नाम: रिगला यादव
सिट विवरण
- दल
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- मधेसी, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- लिङ्ग
- महिला
- जन्म मिति (वि.सं.)
- null
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२