कृपाराम राना
नेपाल कम्युनिष्ट पार्टी (एमाले) · राष्ट्रिय सूची

कृपाराम राना नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन थारु, पुरुष समूहबाट भएको हो। कृपाराम राना रानाथारु समुदायका प्रतिनिधित्व गर्ने एक प्रमुख व्यक्तित्व हुन्। उनी कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा सामान्य कृषक परिवारमा जन्मिएका थिए। उनका बुवा शालिकराम राना र बाजे दयाराम रानाले सय वर्षभन्दा बढी समय भलमन्सा (पशुपालन सम्बन्धी काम) मा संलग्न थिए। बाल्यकालमा पठनपाठन सहज नभए पनि आफैं अलि अलि आम्दानी गर्दै अध्ययन गरेका रानाले इण्टर पास गरेपछि कृषिसँगै अध्यापन पेशा अँगाले। उनले बैजनाथ माविमा २०५३ देखि २०७० सम्म १३ वर्षसम्म शिक्षण गरेका थिए र स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्।
अन्य नाम: कुपाराम राना
सिट विवरण
- दल
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- थारु, पुरुष
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- पुरुष
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२