पार्वती वि. क.
नेपाली कम्युनिष्ट पार्टी · राष्ट्रिय सूची

पार्वती वि. क. नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन दलित, महिला समूहबाट भएको हो। जाजरकोटको भेरी नगरपालिका–१० भूरकी पार्वती विक एक सामान्य किसान परिवारमा जन्मिएकी हुन्। सानै उमेरदेखि समाजमा व्याप्त जातीय र लैंगिक विभेदलाई नजिकबाट देखेकी उनले कक्षा ४ मा पढ्दै गर्दा २०५६ सालमा अखिल क्रान्तिकारीको इकाई कमिटी अध्यक्ष बनेर राजनीतिक यात्रा सुरु गरेकी थिइन्। उनी २०५८ सालमा विद्यार्थी उमेरमै भूमिगत भएर सशस्त्र विद्रोहमा समेत सामेल भइन्। मध्यपश्चिम विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयमा स्नात्तकोत्तर पूरा गरेकी उनीमा समाजका विभिन्न विभेदबारे विभिन्न अभियानको नेतृत्व गरेको अनुभव छ नै त्यसबारे गहिरो अध्ययन पनि छ ।
अन्य नाम: पार्वती वि.क.
सिट विवरण
- दल
- नेपाली कम्युनिष्ट पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- दलित, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२