सुजाता तामाङ
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

सुजाता तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन आदिवासी जनजाति, महिला समूहबाट भएको हो। डा. सुजता तामाङको जन्म संखुवासभाको तुम्लिङटारमा एक सामान्य किसान परिवारमा भएको हो। सात दाजुभाइ दिदीबहिनीमध्ये छैटौं सन्तानका रूपमा जन्मेकी सुजताले कक्षा ७ सम्मको अध्ययन जन्मथलोमै पूरा गरिन्। आर्थिक रूपमा कृषिमा निर्भर परिवारमा हुर्किएकी उनले आफ्ना दाजुभाइको सहयोगमा धरान, हेटौंडा र चितवन हुँदै काठमाडौंसम्म आएर उच्च शिक्षा हासिल गर्ने अवसर पाइन्। उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छन् भने अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सबाट 'नेपालको ग्रामीण क्षेत्रमा खाद्य सुरक्षामा महिलाको भूमिका' विषयमा विद्यावारिधि (PhD) हासिल गरेकी छन्।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- आदिवासी जनजाति, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२