एलिजा गुरुङ
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

एलिजा गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन आदिवासी जनजाति, महिला समूहबाट भएको हो। एलिजा गुरुङ उत्तरी गोरखाको विकट क्षेत्र धार्चे-२ को केरौजा गाउँमा जन्मिएकी हुन् । उक्त हिमाली भेगको कठिन भूगोलमा हुर्केकी उनले स्थानीय केरौजा माध्यमिक विद्यालयबाट माध्यमिक तह र मनाङको थोजो क्याम्पसबाट प्लस टु उत्तीर्ण गरिन् । २०७२ सालको भूकम्पपछि आफ्नो गाउँ फर्किएर एलिजा केयर नेपालमा सोसल मोबिलाइजरको रूपमा काम सुरु गरिन् । भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण, सचेतना कार्यक्रम सञ्चालन, कम्बल तथा सोलार उपकरण वितरण जस्ता कार्यमा सक्रिय रहेकी उनले पद्धति विकास सेवा केन्द्र र एकीकरण नेपाल जस्ता संस्थामा चार वर्षसम्म सोसल मोबिलाइजरको भूमिका निर्वाह गरिन् । २०१९ मा एसके इन्टरटेनमेन्टद्वारा आयोजित 'मिस आदिवासी जनजाति'को उपाधि जितेर राष्ट्रिय स्तरमा चर्चा कमाइन् ।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- आदिवासी जनजाति, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- लिङ्ग
- महिला
- जन्म मिति (वि.सं.)
- null
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२