रत्ना कुमारी थापा
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

रत्ना कुमारी थापा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, महिला, पिछडिएको क्षेत्र समूहबाट भएको हो। अछामकी ४१ वर्षीया रत्ना थापा धामीको जीवन संघर्ष, त्याग र दृढ संकल्पको एउटा प्रेरणादायी कथा हो। २० वर्षको उमेरमा विवाह गरेपछि बुहारी र आमाको जिम्मेवारी सम्हाल्दै उनले आफ्नो अध्ययन र करियरलाई पनि अगाडि बढाइन्। दुर्गमको परिवेशमा साना बालबालिकाको हेरचाह गर्दै उनले प्राथमिक तहको शिक्षक लाइसेन्स परीक्षा उत्तीर्ण गरी १० वर्षसम्म "सरस्वती माध्यमिक विद्यालय" मा शिक्षण गरिन्। शिक्षण पेशाका साथसाथै उनले स्नातक तहसम्मको अध्ययन पनि पुरा गरिन्। तर, श्रीमानको दुवै मिर्गौलामा गम्भीर समस्या देखिएपछि उनले आफ्नो १० वर्ष लामो शिक्षण पेशा र व्यक्तिगत सपनाहरूलाई थाँती राखेर श्रीमानको उपचारका लागि काठमाडौं आउने कठिन निर्णय गरिन्। काठमाडौंको बन्द कोठा र अस्पतालको कुरुवा बस्दाको छट्पटीले उनलाई सामाजिक र राजनीतिक परिवर्तनको आवश्यकता महसुस गरायो।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, महिला, पिछडिएको क्षेत्र
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२