सुष्मा स्वर्णकार (डिम्पल)
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

सुष्मा स्वर्णकार (डिम्पल) राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन दलित, महिला समूहबाट भएको हो। सुष्मा स्वर्णकार (डिम्पल) भारतमा जन्मिएकी थिइन् र आठ वर्षको उमेरमा परिवारसँग नेपाल आएकी थिइन् । उनको माइती पक्ष भारतीय हो भने १८ वर्षको उमेरमा विवाह भएपछि उनी सल्यान घर भएका पति चक्रमण विश्वकर्मासँग बाँकेमा बस्न थालिन् । पछि छोराछोरीको शिक्षा र परिवारको लागि काठमाडौं आएकी उनी २०५८ सालदेखि काठमाडौंमा बस्दै आएकी छन् र नेपालगञ्जमा पनि घर छ । माध्यमिक तहसम्मको शिक्षा प्राप्त गरेकी सुष्माले दुई सन्तान हुर्काएपछि घरेलु कामको साथै समाजिक अभियानमा सक्रियता बढाइन् । पतिको दलित अधिकारकर्मी भूमिकाले उनलाई पनि प्रेरित गर्यो र समाजमा भोगेको भेदभाव तथा अभावले उनलाई दलित अधिकारको क्षेत्रमा लाग्न प्रेरित गर्यो ।
अन्य नाम: सुष्मा स्वर्णकार
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- दलित, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२