स्मृति सेन्चुरी
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

स्मृति सेन्चुरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन दलित, महिला समूहबाट भएको हो। स्मृति सेन्चुरीको जन्म २०५५ चैत्र ६ गते साविकको लामिडाँडा गाविस (हाल कालिञ्चोक गाउँपालिका–३, पोखरे) मा भएको थियो। दुई वर्षको उमेरमा आमाको निधन भएपछि बुबाले दुःखसुख गरेर हुर्काएका थिए। उनले घाँसदाउरा र खेतीपातीमा बुबालाई सघाउँदै स्थानीय भगवती माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरिन्। उच्च शिक्षा लागि काठमाडौं आएकी स्मृति हाल स्नातकोत्तर तहको अध्ययन गरिरहेकी छन्। उनको परिवारमा दाजु सुरेश सेन्चुरीले १८ वर्षदेखि साउदी अरबमा रोजगारी गरेर पढाइ र अन्य खर्च व्यहोर्दै अभिभावकत्व प्रदान गरेका छन्। २७ वर्षीया स्मृतिले बाल्यकालदेखि नै गरिबी र चुनौतीपूर्ण जीवन भोगेकी थिइन्।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- दलित, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२