प्रभा ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

प्रभा ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, महिला समूहबाट भएको हो। चितवनलाई कर्मथलो बनाएकी प्रभा ढकाल हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसदका रूपमा निर्वाचित भएकी छिन्। ५ मंसिर २०४३ मा जन्मेकी उनले सानैदेखि बुबाआमाबाट दीनदुःखीको सेवा गर्ने संस्कार सिकेकी थिइन्। लामो समयदेखि चितवनमा समाजसेवा र परोपकारी कार्यमा सक्रिय उनले विशेषगरी सडकमा अलपत्र परेका मानिसहरूको उद्धार र विपन्न बिरामीहरूको निःशुल्क उपचारका लागि अस्पतालहरूसँग समन्वय गर्ने काममा साढे दुई दशक बिताइन्। पार्टी स्थापनाको छोटो समयमै संगठन विस्तारका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका विकट गाउँबस्ती पुगेकी उनको निरन्तरको खटाइ र इमानदारितालाई मूल्यांकन गर्दै पार्टीले उनलाई खस आर्य महिला कोटाबाट सांसद चयन गरेको हो।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२