मन्जु भुसाल
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

मन्जु भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, महिला समूहबाट भएको हो। मञ्जु ज्ञवाली भुसाल ५० वर्षकी महिला हुन् जसको जन्म २०३२ सालमा अर्घाखाँची जिल्लाको साविक चिदिका गाविस–४ मा भएको थियो। उनी राजनीतिक परिवारबाट आएकी छिन् । उनका हजुरबुबा मनबहादुर ज्ञवाली २०२२ सालअघि नै अञ्चलाधीश भएका थिए भने दुवै हजुरआमा गितादेवी ज्ञवाली र हिरादेवी ज्ञवालीले गाउँको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए । बाबु मेघनाथ ज्ञवाली पनि बहुदलअघि उपप्रधानपञ्च र पछि गाविस उपाध्यक्ष बन्नुभएको थियो । यही पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिक चेतना विकास भएको उनले बताएकी छिन् । उनी शिक्षामा १२ कक्षासम्म मात्र पढेकी छिन् र हाल बुटवल उपमहानगरपालिका–११ मा बसोबास गर्दै आएकी छिन् । विवाह नारायण प्रसाद भुसालसँग भएको छ र उनी सामाजिक अभियन्ता तथा व्यवसायी पनि हुन् ।
अन्य नाम: मञ्जु भूसाल
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२