मदन कृष्ण श्रेष्ठ
नेपाली काङ्ग्रेस · राष्ट्रिय सूची

मदन कृष्ण श्रेष्ठ नेपाली काङ्ग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन आदिवासी जनजाति, पुरुष, अपाङ्गता समूहबाट भएको हो। श्रेष्ठको जीवन सुरुदेखि नै चुनौतीपूर्ण रहेको थियो। ६ महिनाको उमेरमा बुवा गुमाउनुभएका उहाँलाई ७ महिनाको उमेरमा टाइफाइड भएपछि पोलियो देखियो, जसका कारण उहाँको खुट्टामा समस्या आयो। शारीरिक अशक्तताका बावजुद उहाँले हिम्मत नहारी १३ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा पाइला चाल्नुभयो। विगत चार दशकदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय श्रेष्ठले २०४६ सालको जनआन्दोलन ताका जेल जीवन पनि भोग्नुभयो। उहाँले भक्तपुर कांग्रेसको कोषाध्यक्षदेखि लिएर लगातार दुई कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ। लामो समयको प्रतीक्षापछि उहाँ कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो, जसलाई उहाँले आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण उपलब्धि मान्नुहुन्छ।
अन्य नाम: मदनकृष्ण श्रेष्ठ
सिट विवरण
- दल
- नेपाली काङ्ग्रेस
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- आदिवासी जनजाति, पुरुष, अपाङ्गता
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- पुरुष
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२