कालि बहादुर सहकारी
नेपाली काङ्ग्रेस · राष्ट्रिय सूची

कालि बहादुर सहकारी नेपाली काङ्ग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, पुरुष, पिछडिएको क्षेत्र समूहबाट भएको हो। कालीकोटको नरहरिनाथ–५ रुप्सामा २०१४ चैत ७ गते जन्मिएका कालीबहादुर सहकारी एक अनुभवी राजनीतिज्ञ र पूर्वशिक्षक हुन्। १८ वर्षको उमेरमै शिक्षण पेसामा प्रवेश गरेका उनले १९ वर्षसम्म जनता माध्यमिक विद्यालयमा अध्यापन र प्रधानाध्यापकको रूपमा सेवा गरे। वि.सं. २०३६ को जनमत संग्रहदेखि नै बहुदलीय व्यवस्थाको पक्षमा उभिएका सहकारीले २०५० सालमा तत्कालीन 'सन्त' नेता कृष्णप्रसाद भट्टराईबाट नेपाली कांग्रेसको सदस्यता लिएका थिए। शिक्षण पेसामै रहँदा उनले २०४८ सालमा नेपाल शिक्षक संघ कालीकोटको संस्थापक अध्यक्ष बनेर शिक्षकहरूको हकहितमा काम गरे भने विद्यालयको शैक्षिक र भौतिक सुधारमा पनि महत्वपूर्ण योगदान पुर्याएका थिए।
सिट विवरण
- दल
- नेपाली काङ्ग्रेस
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, पुरुष, पिछडिएको क्षेत्र
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- पुरुष
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२